राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक आगामी मंगलबार बस्ने

By खबरहब

March 16, 2023

दाङ – लुम्बिनी प्रदेशसभाको बैठक यही चैत ७ गते मंगलबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक आगामी मंगलबार दिउँसो १ बस्ने तय भएको जनाएको छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ ।

यसअघि गत फागुन १७ गते बैठक बसेको थियो ।