मनोरञ्जन

गीतकार रोहितको ‘तिम्रो अंगालोमा’ मा अस्मिता र रविको आवाज

By खबरहब

March 16, 2023

काठमाडौँ- गीतकार रोहित घिमिरेको शब्दमा तयार पारिएको ‘तिम्रो अंगालोमा’ बोलको गीती भिडिओ सार्वजनिक गरिएको छ ।

रोजगारीको सिलसिलामा हाल फ्रान्समा रहेका घिमिरे लामो समयदेखि गीत लेखनमा सक्रिय छन् । सार्वजनिक गीत तथा भीडिओमा एक युगल जोडीको प्रेम र विरहको भावनालाई शब्दमा बुनिएको छ ।

यसअघि ‘सान्बाबु’, ‘सँगै जिउने मर्ने कसम’, ‘तिमी पनि’, ‘मेरो फोटो’ लगायतका ३ दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका घिमिरेले पछिल्लो समय सो गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा रवि शर्मा र अस्मिता अधिकारीको आवाज रहेको छ भने सी एल शर्माले संगीत भरेका छन् । यस्तै गीतमा पुष्कर खत्रीको एरेन्ज रहेको छ भने बुढा थापाले भिडियो छायाङ्कन गरेका छन् ।

उक्त गीतको भिडियोलाई केशबराज भट्टको निर्देशन देख्न सकिन्छ । गीतमा दिपा शाही र निकेश फग्मी मगरको अभिनय रहेको छ । गीतमा माया प्रेमका कुरालाई शसक्त रुपमा प्रस्तुत गरिएको छ ।

हेर्नुस् भिडिओ