क्रिकेट

आईसीसी विश्वकप लिग–२ : कुशल भुर्तेलको अर्धशतक

By खबरहब

March 16, 2023

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 

उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । नेपालले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रनन जोडेको छ । रोहित पौडेलले १६ र कुशल मल्लले ५ रन जोडेर आउट हुँदा आशिफ शेख शून्य रनमै बाहिरिए ।  भीम सार्की र कुशल भुर्तेलले ब्याटिङमा छन् । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए । 

नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।