सांकेतिक तस्बिर

देश/प्रदेश

सिन्धुलीमा पहिराले च्यापिएर एक जनाको मृत्यु

By खबरहब

March 16, 2023

सिन्धुली– सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् ।

पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।