देश/प्रदेश

मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर

By खबरहब

March 16, 2023

मकवानपुर– मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना७ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल खसेको थियो ।