ब्रेकिङ स्टोरी

संसदमा ‘प्रधानमन्त्री हराएको सूचना’

By खबरहब

April 16, 2023

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्‌मा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पन्तले पछिल्लोपटक संसद्‌मा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउँदै कटाक्ष  गरेका हुन् । । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसद्‍मा बुझाउन समेत आग्रह गरेका छन् ।