ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

By खबरहब

April 16, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई नियुक्त गरिएको हो । उनीहरुले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले वैशाखको तेस्रो साता भारत भ्रमण गर्ने कार्यक्रम छ ।