सांकेतिक तस्बिर

देश/प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

By खबरहब

April 16, 2023

कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । थप एक जना घाइते भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको इशान मेमोरियल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको  निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।