फाइल तस्वीर

आर्थिक

तल्लो तहसम्म नै आर्थिक समस्या छ : स्वर्णिम वाग्ले

By खबरहब

May 16, 2023

काठमाडौँ- रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले तल्लो तहसम्म नै आर्थिक समस्या रहेको बताएका छन् ।

मेक इन नेपाल सम्मेलनमा बोल्दै डा. वाग्लेले तल्लो तहसम्म नै आर्थिक समस्या रहेको बताएका हुन् ।

चुनाव प्रचारका क्रममा आफूलाई अघिल्ला वर्षहरुमा मासिक ४० हजारसम्म कारोबार गर्ने व्यवसायीले यसपटक ७/८ हजारको मात्र कारोबार भएको बताएको उनले सुनाए । यसबाट मन्दीको छनक तल्लो तहसम्म नै पुगेको अर्थ लाग्ने उनको भनाइ छ ।

सरकारले व्यवसायिक र औद्योगिक वातावरण बनाउनका लागि पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।