फाइल फोटो

देश/प्रदेश

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

By खबरहब

May 16, 2023

काठमाडौँ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा प्रतिलिटर, डिजल ८ रुपैयाँ १३ पैसा प्रतिलिटर घटेको आयल निगमले जनाएको छ ।