प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

डुबेर दुई जनाको मृत्यु

By खबरहब

May 16, 2023

महोत्तरी– सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाको छोरा ५ वर्षीय आशिक सदाको खेल्ने क्रममा सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

त्यसैगरी, पाल्पाकाे माथागढी गाउँपालिका ३ अगेनी डेरा गरी बस्ने तिनाउ गाउँपालिका ५ बिसुनडाँडा घर भएका १५ वर्षीय योगेश सुनारीको सोही ठाउँस्थित तिनाउ खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।