प्रवास

अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने

By खबरहब

June 16, 2023

दोहा– अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावासबाट श्रम स्वीकृति प्रदान गरिने भएको हो ।

पुनः श्रम स्वीकृत लागि आवेदन गर्दा अनलाइन फारम भर्नुपर्ने छ ।  अनलाइन फारम भर्दा सम्बन्धित व्यक्ति आफैले भर्नुपर्छ। आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।

आफैले भर्न सम्भव नभएमा त्यसको  लागि अन्य सहयोगी व्यक्ति, संस्था वा दूतावासका स्वयम् सेवक मार्फत पनि भर्न सकिने दूतावासले जनाएको छ । अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ। र सो को स्क्यान कपि प्रविष्टि गर्नुपर्दछ।

१. अपलोड गर्नुपर्ने कागजातहरू 

राहदानीको प्रतिलिपि, कुवेतको आवासीय भिसा को प्रतिलिपि, यस अगाडि श्रम स्वीकृति लिदाको कम्पनी र हाल कार्यरत कम्पनी फरक-फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्र, सवारी चालकहरूको हकमा कुवेतबाट जारी भएको सवारी चालक अनुमति पत्र ।

२. घरेलु कामदारहरूका सम्बन्धमाः कुवेतमा रहेका घरेलु कामदारहरूले पुनः श्रम स्वीकृति लिनको लागि आवेदन पेश गर्दा बुँदा नं १ मा उल्लेख गरिएका कागजातहरूका अतिरिक्त देहाय बमोजिमको कागजात पेश गर्नु पर्नेछ । स्पोन्सरको सिभिल आई।डी तलब, भत्ता लगायतका अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र। स्वघोषणा पत्र । अनुसूची ८ को पत्र समावेश गर्नुपर्ने हुन्छ ।