ब्रेकिङ स्टोरी

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवालजवाफ सुरु

By खबरहब

June 16, 2023

काठमाडौं– संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवालजवाफ सुरु भएको छ ।

 समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी छ ।

प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

बिहीबार नै कार्कीले भावी प्रधानन्यायाधीशका रूपमा आफ्ना कार्ययोजना प्रस्तुत गरेपछि प्रश्नोत्तर कार्यक्रम हुने भनिए पनि संसद् बैठकका कारण शुक्रबारलाई सारिएको थियो ।