प्रवास

साउदीमा श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध  

By खबरहब

June 16, 2023

दोहा– साउदीमा पनि श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरबले प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने बताइएको छ ।

साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूलाई आफ्ना कामदारहरूलाई स्वस्थ र सुरक्षित वातावरण प्रदान गर्न र घाम र गर्मीको प्रभावबाट हुने जोखिम र हानिबाट जोगाउन बाध्य पार्ने जनाएको छ ।

मन्त्रालयले विभिन्न पेशाजन्य जोखिमबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकोले कामको घण्टा व्यवस्थित गर्न र यस निर्णयमा उल्लेख भएका कुरा कार्यान्वयन गर्न रोजगारदातालाई आग्रह समेत गरेको छ ।

यदी कुनै कम्पनी वा रोजगारदाताले सो  निर्णयको उल्लंघन गरेको पाइएमा त्यस्तो कम्पनी वा रोजगारदातालाई कानूनी कारवाही हुने समेत जनाएको छ ।