आर्थिक

कर्णाली प्रदेशमा ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट

By खबरहब

June 16, 2023

सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि झण्डै ३३ अर्ब ३८ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

आज आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभा बैठकमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

जसअन्तर्गत चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगत तर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । 

बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।