ब्रेकिङ स्टोरी

गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत

By खबरहब

June 16, 2023

पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन । जसअन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ४० करोड, सशर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले बताए ।

बजेट प्रस्तुत गर्दै मन्त्री आलेले आगामी आर्थिक बर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने र २० वटा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए । त्यस्तै आगामी आर्थिक बर्ष लगानी सम्मेलन गरिने उनले बताए ।