फाइल तस्बिर

ब्रेकिङ स्टोरी

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

By खबरहब

July 16, 2023

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहदैमा नभत्किने बताएका छन् । 

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे ।

प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न उनको सुझाव थियो ।

‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले भने, कसैले गठबन्धन ढलोस् भनेर चाहदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’