फाइल तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

सुडान द्वन्द्व : ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

By खबरहब

July 16, 2023

खार्तुम- सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।

उक्त समूहले अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको र आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणमा अरु २२ जना गैरसैनिक नागरिक घाइते भएको सुडानी सेनाले जनाएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन ।

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो ।

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।