फाइल तस्बिर।

राजनीति

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

By खबरहब

July 16, 2023

काठमाडौं– केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्। भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुन: छलफल गर्ने छन्। गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ।  

भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।