सांकेतिक तस्बिर

अपराध

भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ

By खबरहब

July 16, 2023

गोरखा– तीन थान भरुवा बन्दुकसहित प्रहरीले गोरखाबाट तीन जालाई पक्राउ गरेको छ ।

सहिद लखन गाउँपालिका-९ नामजुङबाट तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १-१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

 भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।