फाइल तस्वीर

देश/प्रदेश

चिनियाँ उच्च तहको सैनिक टोली आज नेपाल आउँदै

By खबरहब

August 16, 2023

काठमाडौँ– चिनियाँ सैनिकको उच्च तहको टोली आज नेपाल आउँदै छ । चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एन दे नेतृत्वको टोली काठमाडौँ आउन लागेको हो ।

टोली तीन दिने औपचारिक भ्रमणका लागि आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपालसँग सीमा जोडिएको तिब्बत मामिला हेर्ने उच्च तहका सैनिक अधिकारी कोभिडपछि नेपाल आउन लागेको यो पहिलो भ्रमण हो ।

चिनियाँ टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।