बैंक/वित्त

हिमालयन  बैंक र तायो इको रिर्सोट होटलबीच सम्झौता

By खबरहब

August 16, 2023

काठमाडौँ– हिमालयन बैँक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि.बीच सम्झौता भएको छ ।

 बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा  बैंकका ग्राहकहरू तथा कार्डबाहकलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ । 

हिमालयन  बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न  बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गरेर छुटको लाभ उठाउन सक्नेछन् ।

 बैंकका कार्डवाहक तथा ग्राहकहरूले अन्य स्थानहरूमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।