राजनीति

रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता 

By खबरहब

August 16, 2023

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा भएको सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको थियाे । छलफलका क्रममा महामहिम सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानका पहल गरिने बताएका छन् । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएका थिए ।

भेटघाट कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता रहेको