ब्रेकिङ स्टोरी

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

By खबरहब

August 16, 2023

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

आजको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेले गरिरहेको सदन अवरुद्धलाई लिएर चासो देखाएको स्रोतले जनाएको छ ।

शीतल निवास निकट स्रोतका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।

 सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।