फाइल तस्वीर

देश/प्रदेश

सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

By खबरहब

August 16, 2023

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

 यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

 निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।