सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ

By खबरहब

August 16, 2023

काठमाडौं– सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।