देश/प्रदेश

साउदीमा जरिवानामा परेका श्रमिकलाई विवरण टिपाउन दूतावासको अनुरोध

By खबरहब

August 16, 2023

दोहा- साउदी अरबमा जरिवानामा परेका नेपाली श्रमिकलाई विवरण टिपाउन रियदस्थित राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल (रोजगारदाता) ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको हो ।

रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी दूतावासले श्रमिकमाथि लगाएको जरिवाना मिनाहामा पहल गर्ने जनाएको छ ।

सूचनामा दूतावासले भनेको छ, ‘विवरण सङ्कलन भएपछि उनीहरूको जरिवाना वा फाइन मिनाहाको प्रक्रिया अघि बढाई स्वदेश पिर्तीका लागि पहल गर्ने छौँ, त्यसका लागि पहिला कति जनाले यो समस्या भोगिरहनुभएको छ भन्ने तथ्याङ्क आवश्यक छ ।’

दूतावासमा https://sa.nepalembassy.gov.np/registration-form/ मार्फत अनलाइनबाटै आफ्नो विवरण टिपाउन सकिन्छ । यसबारे थप जानकारी आवश्यक भएमा दूतावासमा ०११ ४६१११०८ नम्बरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म ०११२८८३७९५ नम्बरसमेत खुला रहने दूतावासले जनाएको छ । यस्तै नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०९ मा सम्पर्क गरेर समेत बुझ्न सकिन्छ ।