राजनीति

चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौंमा

By खबरहब

August 16, 2023

काठमाडौँ- चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए ।

काठमाडौं आएलगत्तै चिनियाँ सैनिक टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

जङ्गी अड्डामा भएको उनीहरुबीच शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।