तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घद्वारा कोलम्बिया हिंसाको निन्दा

By खबरहब

August 16, 2023

बोगोटा- संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेको भन्दै निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् ।

सरकार र सशस्त्र समूहबीचको युद्ध विरामका बावजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्रसङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति दुःख व्यक्त गरेकी छन् ।

बोगोटामा  मानवीय अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उनले सुरक्षा बलमाथि भएका अन्धाधुन्ध आक्रमण, गैर–राज्य र सशस्त्र समूह तथा आपराधिक सङ्गठनका नरसंहारका घटनाले सबैलाई चिन्तित तुल्याएको बताइन् ।

गत वर्षको अन्त्यमा राष्ट्रपति गुस्ताभो पेट्रोले देशका पाँच प्रमुख सशस्त्र समूहहरूसँग द्विपक्षीय युद्धविरामको घोषणा गर्नुभएको थियो तर त्यसको पूर्ण पालना नहुँदा अमूल्य मानव जीवन अतिवादी समूहको आक्रमणमा नाश भइरहेको छ ।

बितेका छ महिनाम नरसंहारका घटनामा १९ जना बालबालिकाका साथै एक सय ६८ जना मारिएका छन् ।