मनोरञ्जन

भारतीय गायिका शिल्पा राव नेपाल आउँदै

By खबरहब

August 16, 2023

काठमाडौं- भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । भदौ ८ गते सोल्टी होटलको प्राईभ नेपाल क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव नेपाल आउन लागेकी हुन् ।

सो सास्कृतिक कार्यक्रमको आयोजना क्लवमा रोअर ईन्टरटेनमेन्ट र एरिना ईन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको छ ।

पहिलोपटक नेपाल आउन लागेकी गायिका रावको उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाईनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए । 

माई पे कार्यक्रमको टिकेटिङ पार्टनर हो । कार्यक्रममा हेप्पी वक्स, वेभ, आई एस् एस् साउण्ड, पठाओ लगायतले सहकार्य गरेका छन् । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन् ।