तस्वीर- डब्ल्यूएचओ

अन्तर्राष्ट्रिय

पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै

By खबरहब

August 16, 2023

इस्लामावाद- पाकिस्तानमा हेपाटाइटिसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार मुलुकमा हेपाटाइटिस बी र सीबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पाकिस्तानमा १५ लाख जनामा हेपाटाइटिसको सङ्क्रमण रहेको अनुमान गरिएको छ । यद्यपि पाकिस्तानमा हेपाटाइटिसका धेरै सङ्क्रमितहरु आफूमा यस रोगको सङ्क्रमण रहेकोमा अनभिज्ञ रहेको बताइएको छ । त्यसमा पनि आर्थिक एवम् सामाजिक कारणले धेरै सङ्क्रमितहरु उपचारका लागि अस्पताल जाँदैनन् ।

यसबारे जनचेतनाको आवश्यकता रहेको पोस्ट ग्राजुएट मेडिकल इन्स्टिच्युटका प्राध्यापक अल फरिद जाफरले जनाएका छन् । त्यसबाहेक हेपाटाइटिस रोगबारे विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने उनको भनाइ छ ।