समाचार

ललिता निवास जग्गा प्रकरण : दुई जनालाई थुना बाहिर रहने गरी छाडियो

By खबरहब

August 16, 2023

काठमाडौँ – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी आज छाडिएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई उपचारका लागि थुना बाहिर रहने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “स्वास्थ्यका कारण उहाँहरूलाई मुद्दा बुझाउने दिन पेस गर्ने गरी उपचारका लागि थुना बाहिर रहने गरी आज छाडिएको हो ।”