खेलकुद

एएफसी कपको छनोटबाटै बाहिरियो मछिन्द्र

By खबरहब

August 16, 2023

काठमाडौं । मछिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएपछि मछिन्द्र छनोट चरणबाटै बाहिरिएको हो ।

बुधबार भएको खेलमा मछिन्द्रविरुद्ध मोहन बगान ३–१ विजयी भएको हो। मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए ।

मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।