राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै

By खबरहब

September 16, 2023

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन् ।

नेसपाको प्रवास कमिटीको निमन्त्रणामा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गर्न लागेका हुन् ।

साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा आफ्नो राय दिनेछन् ।

भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डिगढमा आयोजित कार्यक्रममा सहभागी भएर उनी असोज ५ गते स्वदेश फर्कने छन्।