खेलकुद

फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध

By खबरहब

September 16, 2023

काठमाडौँ– फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग स्तब्ध बनेको छ । 

गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भएको हो । जारी सिजनमा पीएसजीको यो पहिलो हार हो । 

निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरेका थिए । पीएसजी केलियन एम्बाप्पेले दुई गोल फर्काएका थिए ।

योसँगै निसले पाँच खेलबाट दुईमा जित, दुईमा बराबरी र एकमा हारसहित ९ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित भएको पीएसजी ८ अंकका साथ तेस्रो स्थानमा छ । चार खेलबाट मोनाको १० अंकसहित शीर्ष स्थानमा छ ।