फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता 

By खबरहब

September 16, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।

साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।