अन्य

‘सरकार र राखेपले सहयोग गरे नेपालमा पिकलबलको सम्भावना अत्यन्तै राम्रो’

By खबरहब

September 16, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।

पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भइरहेको छ । पिकलबल एसोसिएसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोली नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन् ।

एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन् । यी विद्यालयका विद्यार्थी खेलाडीहरुले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए ।