सांकेतिक तस्बिर

देश/प्रदेश

बैतडीमा एक बालिका मृत फेला

By खबरहब

September 16, 2023

बैतडी- बैतडीमा एक बालिका शनिबार मृत फेला परेकी छिन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता खत्रीले बताए ।