अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 16, 2023

आज भदौ ३० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १६ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन् डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको द न्यूज इन्टरनेशनल अखबारले जनाएको छ ।

पाकिस्तानी अङ्ग्रेजी दैनिक द न्यूज इन्टरनेशनलका अनुसार अमेरिका, हङकङ र सिङ्गापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरहरूले गत जुन महिनादेखि तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब निकासा सकेको छैन । डलर अभावले वासिङ्टन, हङकङ र सिङ्गापुरजस्ता अत्याधिक महँगो शहरमा काम गर्ने कूटनीतिक अधिकारीहरूलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ ।

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले रकम नछुट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ । गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिकको समस्या उत्पन्न भएको थियो तर तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि पूरक अनुदानमार्फत तलब व्यवस्था गर्न निर्देशन दिएका थिए ।

केही कूटनीतिक कर्मचारीले अर्थव्यवस्थापनको मानसिक तनाव पनि खेप्नु परेको छ किनकी उनीहरूका सन्तान अध्ययनरत विद्यालय एवं शैक्षिक प्रतिष्ठानले समयमा शुल्क नबुझाएमा उनीहरूलाई परीक्षामा सामेल हुन नदिने चेतावनी दिएका द न्युज इन्टरनेशनलको समाचारमा उल्लेख छ ।

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्सकीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए । यो सहायतामा युरेनियम ट्यांक र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ ।

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’ नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताए । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा ९भिसा० खारेज गर्दै उनलाई निष्कासन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

नाइजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहोर्‍याउँदै आएको छ ।

राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति माक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए। नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहोर्‍याउँदै उनले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे।

फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।

फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्व फ्रान्सेली राजदूतले बताएका छन् ।

आफ्ना एक जना छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका राष्ट्रपति बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहेका उनले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् ।

फ्रान्सेली राजदूत नाइजरमा बन्धक नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताए ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ ।विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताए ।

सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा ९भिसा० खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

जम्मु काश्मिरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी

जम्मू कश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी छ ।

भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतङ्ककारीहरू लुके पछि खोजी गर्न ड्रोन र हेलिकप्टरको समेत सहयोग लिइएको छ । दुवै पक्षबाट गोली हानाहान भइरहेको छ ।

आतङ्कवादीहरू पहाडको टुप्पोमा रहेको गुफामा लुकेर बसेको बताइएको छ । यद्यपि, कोकरनागको गडुलको जङ्गल क्षेत्रमा सुरक्षा बलको खोजी अभियान जारी छ ।

आतङ्ककारीको घेरालाई बलियो बनाउन सेनाले पहाडलाई घेरा हालेको छ । यसपछि पनि गतिरोध जारी छ । क्वाडकोप्टर, ड्रोन र अन्य आधुनिक उपकरणहरूद्वारा आतङ्ककारीहरूको निगरानी भइरहेको छ।

पारा कमाण्डोले पनि अपरेशनको जिम्मा लिएका छन् । घना जङ्गल र पहाडी भूभागका कारण यो विशेष टोली तैनाथ गरिएको हो । यसबाहेक पहाडमा आतङ्ककारी लुकेको ठाउँमा रकेट प्रहार गरिएको छ ।

उल्लेखनीय छ कि कोकेरनागको गदुल जंगलमा आतंकवादीहरूको आन्दोलनको सूचना पछि सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफको राष्ट्रिय राइफलको संयुक्त दलले बुधबार बिहानै खोजी अभियान सुरु गरेको थियो। घेराबन्दीका क्रममा जङ्गल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरूले संयुक्त टोलीमाथि भारी गोलीबारी गरेका थिए ।

मुठभेडका क्रममा सेनाका १९ आरआर कमाण्डिङ अफिसर कर्नेल मनप्रीत, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी अपरेशन हुमायुन भाट मारिएका थिए । जुन घटनाबाट आक्रोशित भारतीय सुरक्षा फौजले आतङ्ककारीहरूलाई घेरा हालेका हुन् ।