बलिउड/हलिउड

‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

By खबरहब

September 16, 2023

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । ।

जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ ।

तामिल फिल्म निर्माता एटलीले यसको निर्देशन गरेका हुन् जसमा नयनतार र विजय सेतुपति र दीपिका पादुकोण पनि छन् ।

सात सेप्टेम्बरमा यो विश्वभरि हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिएको थियो । यो फिल्मलाई गौरी खान र गौरव वर्माले निर्माण गरेका हुन् ।