फाइल फोटो

देश/प्रदेश

सरकारले दसैँका लागि आजदेखि खसीबोका बिक्री गर्ने

By खबरहब

October 16, 2023

काठमाडौँ– सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडादसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री बितरण हुनेछ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री थालिएको हो ।

कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।