फाइल फोटो

राजनीति

मंगलबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित

By खबरहब

October 16, 2023

काठमाडौँ– राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय  संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।