प्रतिकात्मक तस्वीर

देश/प्रदेश

चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते

By खबरहब

October 16, 2023

कञ्चनपुर – चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्।

जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन। घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आज ९सोमबार० खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।