अन्तर्राष्ट्रिय

गाजा युद्धमा ६३ पत्रकार मारिए : सीपीजे

By खबरहब

December 16, 2023

काठमाडौँ– इजरायल–हमास युद्धका क्रममा गाजामा ६३ जना पत्रकार मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले संकलन गरेको तथ्याङ्क अनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार मारिएका हुन् ।

युद्धका क्रममा ११ जना पत्रकार घाइते, तीनजना बेपत्ता र १९ जना पक्राउ परेको जनाएको छ ।

पत्रकारहरू माथि धेरै आक्रमण भएको, धम्की दिइएको, साइबर आक्रमण गरेको, सेन्सरसिप र उनीहरूको परिवारका सदस्यहरूको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।

सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’