ब्रेकिङ स्टोरी

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा राजमार्ग अवरुद्ध

By खबरहब

December 16, 2023

काठमाडौँ– बाराको सिम्रोनगढमा प्रहरीको गोली लागेर एक युवककाे मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक-कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो।

मृतक लक्ष्मी मुखियाका परिवार र उनका गाउँलेले अहिले घटनाको विरोधमा निजगढमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।