ब्रेकिङ स्टोरी

बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको हो : ओली

By खबरहब

December 16, 2023

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार फिदिममा आयोजित वृहत् आमसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

ओलीले कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘कांग्रेसको मान्छे भए छुट्छ कांग्रेसको त्यै विषयको मन्त्री भएपनि छुट्छ तर, एमालेमा लागेको छ भने एमालेमा लागेको रिसले कोही मान्छे छुट्दैन’ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीबार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ ।