खेलकुद

नेपाल सुपर लिग : चितवन र इलामको बराबरी

By खबरहब

December 16, 2023

काठमाडौं – नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्।

दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो। इलाम ५ अङ्कसहित तालिकाको पुछारमै छ। आजको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी लाई २-१ ले हराएको थियो ।