राजनीति

सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित

By खबरहब

January 17, 2023

धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा आज भएको मतदानमा भण्डारीले २९ मत पाए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ मत परेको थियो । भण्डारीलाई माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक सांसदले मत दिएका थिए । प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत मात्रै पाएका थिए ।

रावललाई कांग्रेसका १९ र एकीकृत समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले मत दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।