तस्वीर- आओ

अन्तर्राष्ट्रिय

मेक्सिकोका सार्वजनिक स्थानमा धुम्रपान गर्न पूर्ण प्रतिबन्ध

By खबरहब

January 17, 2023

काठमाडौँ- मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै मेक्सिको सूर्तिजन्य पदार्थविरुद्धको कठोर कानून लागू हुने देश बन्न पुगेको छ ।

सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानूनमा सुर्तीजन्य पदार्थको विज्ञापनमाथि प्रतिबन्ध पनि समावेश छ । अन्य धेरै ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथि कडाई गर्ने नीति लिएका छन् ।

मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपानविरुद्धको कानूनमध्ये एक हो ।

मेक्सिकोको २००८ को विद्यमान कानूनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूलाई धुम्रपान–मुक्त स्थान घोषणा गरेको थियो । अब सबै सार्वजनिक स्थानहरूमा पनि यो प्रतिबन्ध विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरुमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र पनि चुरोट देखाउन पाइने छैन ।