राजनीति

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण गरेका

By खबरहब

January 17, 2023

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभार ग्रहण गरेका छन् ।

मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति निवासमा सपथ ग्रहणपछि उनीहरू पदभार ग्रहणका लागि मन्त्रालय पुगेका थिए ।